आजको मौसम, कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?
काठमाडाैं । देशभर साधारणतया बदली रहनेछ ।
दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भू-भागका केही स्थानहरूमा, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका केही स्थानहरू र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

.gif)