प्रतिनिधि सभा विघटनविरूद्ध अदालत पुगे कांग्रेसका सांसद, पार्टीभित्रै पदाधिकारीहरूको विरोध
काठमाडौं । कांग्रेसका केही सांसद सभापति देउवाका निकटस्थ कानुन व्यवसायी खम्मबहादुर खातीलाई लिएर प्रतिनिधि सभा विघटनविरूद्ध अदालत पुगेका छन ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको दुई दिनपछि विघटित प्रतिनिधि सभाका कांग्रेस प्रमुख सचेतक र सचेतकसहितको टोलीले प्रतिनिधि सभा विघटनविरूद्धको सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको हो ।
यसअघि कांग्रेस केन्द्रीय समितिको बैठकले सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भएको ठहर गरेको थियो । कांग्रेस बैठकले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा भने भाग लिने निर्णयसमेत गरेको थियो । तर, कांग्रेस पदाधिकारी तथा नेताहरूले भने अदालत गएको विषयको विरोध गरेका छन् । महामन्त्री गगन थापाले यो निर्णय पार्टीको नभएको उल्लेख गर्दै यो नेताहरूको व्यक्तिगत विषय भएको बताए ।
निर्वाचन नै अहिलेको समस्याको समाधान भएको उहाँको भनाइ छ । नेता शेखर कोइरालाले पनि आफूले समाचार हेरेर जानकारी पाएको र यसबारे अनविज्ञ रहेको बताउनुभएको छ । यसअघि नेकपा एमालेले प्रतिनिधि सभा पुनस्र्थापनाको माग लिएर सर्वोच्चमा रिट निवेदन दिइसकेको छ । योसँगै सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनसम्बन्धी दुई राजनीतिक दलसहित सार्वजनिक सरोकारअन्तर्गत १७ थान रिट दर्ता भएर विचाराधीन छन् ।

.gif)