भेनेजुयलासँग द्वन्द्व नगर्न अमेरिकालाई रुसको आग्रह
काठमाडौं । रुसले भेनेजुएलाको नेतृत्वको पक्षमा उभिएको र अमेरिकी सरकारलाई काराकाससँग पूर्ण द्वन्द्व नगर्न आग्रह गरेको रुसी उप विदेशमन्त्री सेर्गेइ र्याबकोभले बताएका छन् ।
दुई देशबीच हालै सम्पन्न रणनीतिक साझेदारी र सहयोगसम्बन्धी सम्झौतालाई उद्धृत गर्दै र्याबकोभले रुसले भेनेजुएलासँग बलियो ऐक्यबद्धता कायम राखेको पनि बताए । अमेरिकाले क्यारेबियन सागरमा आफ्नो सैन्य उपस्थिति बढाएको छ ।
पेन्टागनले सेप्टेम्बर २ यता क्यारेबियन र पूर्वी प्रशान्त महासागरमा कथित लागुऔषध जहाजहरूमा कम्तिमा २२ पटक आक्रमण गरेको छ, जसमा ८७ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

.gif)