काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.१ डिग्री सेल्सियस मापन
काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम सोमबार बिहान ८.१ डिग्री सेल्सियस मापन भएको छ । सबैभन्दा कम तापक्रम जुम्लामा माइनस २.९ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सोमबार देशका अधिकांश भूभागको मौसम मुख्यतया सफा छ । महाशाखाका अनुसार कोशी, मधेश, प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति कोशी र मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

.gif)