काठमाडौंमा बिहानको तापक्रम ९ डिग्री सेल्सियस
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ। त्यसैगरी राति सुदूरपश्चिम र कर्णालीमा आंशिक बदली हुनेछ ।
काठमाडौं उपत्यकामा बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ। अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसबीच रहने अनुमान छ।

.gif)