बागलुङ ट्राफिकले पहिलो त्रैमासमा उठायाे झन्डै २८ लाख राजश्व
काठमाडौं । पर्वत जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमासमा झन्डै २८ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार ट्राफिक प्रहरी कार्यालय बागलुङ र मातहतका कार्यालयहरूबाट तीन महिनाको अवधिमा पाँच हजार एक सय ४४ वटा सवारी साधनहरूलाई गरिएको कारबाहीबाट २७ लाख ६५ हजार रुपैयाँ राजश्व उठेको छ ।
तीन महिनाको अवधिमा सबैभन्दा बढी गत भदौ महिनामा नौ लाख ६६ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । उक्त महिनामा ७४ वटा ट्रक तथा टिपरबाट ५३ हजार, ५९ वटा बसबाट ४४ हजार, चार सय ४२ वटा कार तथा जिपबाट तीन लाख ४७ हजार पाँच सय, ७८ वटा ट्र्याक्टरबाट ५६ हजार पाँच सय, पाँच सय सात वटा मोटरसाइकलबाट चार लाख ५४ हजार र १४ वटा अन्य सवारीहरूबाट ११ हजार रुपैयाँ गरी कुल नौ लाख ६६ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
साउन महिनामा ७१ वटा ट्रक तथा टिपरबाट ५४ हजार, ४८ वटा बसबाट ३९ हजार, तीन सय ७५ वटा कार तथा जिपबाट दुई लाख ९६ हजार, ६२ वटा ट्र्याक्टरबाट चार लाख ३५ हजार, तीन सय ८७ वटा मोटरसाइकलबाट तीन लाख ८९ हजार र २७ वटा अन्य सवारीहरूबाट एक लाख ९५ हजार रुपैयाँ गरी कुल आठ लाख ४१ हजार रुपैयाँ जरिवाना आएको छ । गत असोज महिनामा कुल नौ लाख ५८ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
उक्त महिनामा ८४ वटा ट्रक तथा टिपरबाट ६२ हजार पाँच सय, ५३ वटा बसबाट ३७ हजार पाँच सय, पाँच सय छ वटा कार तथा जिपबाट चार लाख २२ हजार, ८५ वटा ट्र्याक्टरबाट ५७ हजार, चार सय ५२ वटा मोटरसाइकलबाट तीन लाख ७६ हजार र अन्य चार वटा सवारीहरूबाट तीन हजार रुपैयाँ राजश्व उठेको जनाइएको छ । बागलुङ ट्राफिकले बजार मात्रै नभएर जिल्लाका ग्रामीण क्षेत्रहरूमा समेत सकेसम्मको बाक्लो उपस्थितिमा सवारीहरूको जाँच गरिरहेको प्रहरीले बताएको छ ।

.gif)