sevenstartv.com ६ पुष २०८२, आइतवार

पश्चिमी वायुको आंशिक प्रभाव,कस्तो रहला देशभरको मौसम ?

६ पुष २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पहाडी र हिमाली भूभागमा आंशिक बदली रही तराईमा हुस्सु लागेको छ ।

दिउँसो देशभर आंशिक बदली रहने छ। राति पनि देशभर आंशिक बदली रहने महाशाखाको भनाइ छ  ।

देशका तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सु लाग्ने सम्भावना रहेकाले सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्