sevenstartv.com ६ पुष २०८२, आइतवार

प्रतिनिधिसभा पुनस्र्थापनाका लागि हस्ताक्षरसहितको पूरक रिट दर्ता गर्ने कांग्रेस संस्थापन पक्षकाे तयारी

६ पुष २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । कांग्रेस संस्थापन पक्षले प्रतिनिधिसभा पुनस्र्थापनाका लागि पूर्वसांसदहरूको हस्ताक्षरसहितको पूरक रिट सोमबारसम्म दर्ता गर्ने तयारी गरेको छ ।कम्तीमा ६५ जनाको हस्ताक्षर पुर्याएकाे सर्वोच्च अदालतमा बुझाउन लागिएको हो ।

कांग्रेसमा निर्वाचन कि संसद् पुनस्र्थापनामा जाने भन्नेमा विवाद छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षले निर्वाचनको विकल्प नभएको बताउँदै आएको छ । तर, सभापति शेरबहादुर देउवा संसद् पुनस्र्थापनाका पक्षमा  छन् । उनले संसद् विघटनको आन्तरिक रूपमा विरोध गर्दै त्यसविरुद्ध बोल्न पार्टी नेताहरूलाई भन्दै आएका छन् । 

पछिल्लोपटक सभापति देउवा र एमाले अध्यक्ष केपी ओलीबिच भेटवार्ता भएपछि कांग्रेसका निवर्तमान प्रमुख सचेतक घिमिरेको सक्रियता बढेको छ । महामन्त्री थापा पक्षीय केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले संसद् पुनस्र्थापनाको विषय पार्टीको प्राथमिकतामा नभएको स्पष्ट पारे । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्