आज वर्षको सबैभन्दा छोटो दिन
काठमाडौं । आजलाइ वर्षको सबैभन्दा छोटो दिन मानिन्छ । खगोल विज्ञानको भाषामा यसलाई शीतकालीन अयनान्त भनिन्छ।
यो दिन सूर्य कर्क रेखाबाट मकर रेखा अर्थात् उत्तरायणबाट दक्षिणायनमा प्रवेश गर्छ। यो दिन पृथ्वीको उत्तरी गोलार्धमा दिनको लम्बाइ सबैभन्दा छोटो हुन्छ र रात्रिको समय वर्षकै लामो हुन्छ ।
यो दिन ८ घण्टासम्मको र रात्रि १४ घण्टासम्मको हुन्छ। यसको निर्धारण उत्तरी गोलार्धमा स्थित देशको 'टाइम ज़ोन' र भगौलिक अवस्थितिअनुसार हुन्छ । शीतकालीन अयनान्त जस्तै २१ जूनमा ग्रीष्म अयनान्त हुन्छ। यो दिन दक्षिणी गोलार्द्धमा दिन सबै भन्दा सानो र उत्तरी गोलार्द्धमा दिन सबैभन्दा लामो हुन्छ ।
खगोल विज्ञानका अनुसार २१ मार्च र २३ सेप्टेम्बरका दिन दिन र रात बराबरी हुन्छन् ।

.gif)