भारत र पाकिस्तान भिड्दै
काठमाडौं । आज यू-१९ एसिया कपको फाइनलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन् ।
पहिलो सेमिफाइनलमा श्रीलंकालाई आठ विकेटले हराउँदै भारत फाइनल पुगेको हो । दोस्रो सेमिफाइनलमा भने बंगलादेशलाई समान आठ विकेटले नै हराएको पाकिस्तानले भारतसँग फाइनल भेट पक्का गरेको हो ।
खेल बिहान १०:४५ बजे दुवईस्थित आईसीसी मैदानमा सुरु हुँदैछ । आठ टिम सहभागी प्रतियोगिताको समूहचरणबाटै यूएई, अफगानिस्तान, नेपाल र मलेसिया भने बाहिरिएका थिए ।

.gif)