sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

दसैं बिदापछि पहिलो दिनैमै नेप्से ३१.४८ अंकले बढ्यो

२९ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौँ  । दसैंपछिको पहिलो दिनमै सेयर कारोबार मापक नेप्से परिसूचक ३१.४८ अंकले बढेको छ । नेप्से १ दशमलव १७ प्रतिशतले बढेर २६९९.६६ विन्दुमा बन्द भएको छ ।

कुल २०५ कम्पनीको सेयर मूल्य बढ्यो भने ३२ कम्पनीको मूल्य घट्यो । ६ कम्पनीको मूल्य स्थिर रह्यो ।आज ६४ लाख १७ हजार २६७ कित्ता सेयर किनबेच भए । कुल ३५ हजार ६४८ पटकको सेयर किनबेचबाट ३ अर्ब ६ करोड २३ लाख ३७ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

कुल १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन मात्रै घट्यो । उत्पादन तथा प्रशोधन १५।६४ अंकले घट्यो । फाइनान्स १४९.६१, जिवन बिमा १३०.३८ अंक र निर्जिवन बिमा ६६.३४ अंकले बढेको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्