नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ५९ करोड बराबरको कारोबार
काठमाडौं । शेयर बजार परिसूचक (नेप्से) २७ दशमलव ३९ अंकले घटेको छ ।
साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचकमा सो बराबरको गिरावट हुँदा बजार परिसूचक २ हजार ६ सय ६३ दशमलव ३२ अंकमा झरेको हो । मंगलबार बजारमा ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार बजारमा २ सय ४४ कम्पनीको शेयर कारोबार हुँदा २ सय ७ कम्पनीको मूल्य घटेको छ । ३५ कम्पनीको मूल्य बढ्दा २ कम्पनीको मूल्य स्थिर रहेको देखिएको छ । परिसूचकमा उच्च गिरावट हुँदा मंगलबार बजारमा १३ मध्ये १२ वटा उपसूचकमा गिरावट आएको छ ।
म्युचुअल फण्ड उपसमूह भने स्थिर रहेको छ । मंगलबार बजारमा सबैभन्दा धेरै गिरावट फाइनान्स कम्पनी उपसमूहको २.७६ प्रतिशतले भएको छ । बैंकिङ र माइक्रोफाइनान्स उपसमूह बाहेक बाँकी सबै उपसमूहका परिसूचकहरू एक प्रतिशत भन्दा धेरैले घटेको छ ।
मंगलबार बजारमा सेयरमूल्य बढेका कम्पनीमध्ये मध्य सोलु हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । सर्वाधिक मूल्य घटेको इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले ८.५ प्रतिशत मूल्य गुमाएका छन् ।
बजारमा मंगलबार एनएलजी इन्स्योरेन्स कम्पनीको सर्वाधिक २७ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

.gif)