निगमको न्यारोबडी जहाजले फूलपातीका दिन काठमाण्डौ-भैरहवा उडान भर्ने, भाडा ७ हजार रुपैयाँ
काठमाडौं । नेपाल वायु सेवा निगम नेपाल एअरलाइन्सको न्यारोबडी जहाजले आउँदो बुधवार फूलपातीका दिन काठमाण्डौ-भैरहवा उडान गर्ने भएको छ ।
सडक खराब हुँदा धेरै मानिस हवाई यात्रा गर्न बाध्य छन् । तर हवाईजहाजको टिकट पनि नपाएको र पाएको टिकट पनि धेरै महँगो भएको गुनासो आएको छ ।
गुनासोलाई केही हदसम्म सम्बोधन गर्न निगमले विदेशमा उडान गर्दै आएको १ सय ५८ सिटको न्यारोबडी जहाजमार्फत भैरहवामा एउटा उडान गर्न लागेको हो ।
फूलपातीका दिन काठमाण्डौबाट जहाज ११ बजे भैरहवाका लागि उड्नेछ । साढे १२ बजे काठमाण्डौ फर्किनेछ ।
काठमाण्डौबाट भैरहवाका लागि भाडादर ७ हजार रुपैयाँ रहेको छ भने भैरहवाबाट काठमाण्डौको भाडा ३८ सय ९० रुपैयाँ रहेको निगमले जनाएको छ ।
निगमको वेबसाइटबाट टिकट लिन सकिनेछ ।

.gif)