sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

एभरेष्ट बैंकले बोनस सेयर र नगद लाभांश दिने

२१ असोज २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३० औँ वार्षिक साधारण सभाले लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले सेयरधनीहरुलाई आ.ब २०८०र८१ का लागि १०५ बोनस शेयर र ५.५३५ नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीहरुका तर्फबाट नवीन भक्त श्रेष्ठ र उर्मिला श्रेष्ठलाई आगामी ४ वर्षका लागि पुनः निर्विरोध निर्वाचित गरेको छ । आ.ब २०८१/८२ को लागि श्री एन. अमात्य एन्ड कम्पनीलाई लेखा परीक्षकमा पुनः नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्