sevenstartv.com १७ असार २०८३, बुधवार

लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको दोस्रो खेलमा लुम्बिनी लाइन्सले विराटनगर किङ्ग्सलाई १९२ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरमा लुम्बिनीले ७ विकेट गुमाउँदै एनपीएलको जारी सिजनको सबैभन्दा उच्च १९१ रन जोडेको हो ।