sevenstartv.com १७ असार २०८३, बुधवार

चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

१८ मंसिर २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिगमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित्र त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ७ विकेट गुमाएर १६१ रन बनाएको हो । रवि बोपारले  ५१ रन बनाए । 

३८ बल खेलेका बोपाराले ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान कुशल मल्लले २३ बल खेल्दै १ चौका र ४ छक्का मदतमा ३८ रन बनाए । लुक बेन्केन्सटेइनले १६ र हसन इसाखिलले १४ रन बनाए । शरद भेषावकर ११ रनमा अविजित रहे । बलिङतर्फ पोखराका विपिन खत्री, बास डी लेड र रेमोन रेइफरले दुई/दुई विकेट लिए ।