चितवनसँग पोखरा ८७ रनले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलरबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको छ ।
कीर्तिपुर मैदानमा चिवतनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखराले १३ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ७४ रन बनायो ।
टस जितेर जावाफी ब्याटिङमा उत्रिएको पोखरालाई सुरुवाती बलमै झट्का लाग्यो । ओपनर तथा कप्तान कुशल भुर्तेल पहिलै बलमा रनको खाता नखोली आउट भए । सोहल तानवीरले रवि बोपारमार्फत् क्याच आयट गराए । पोखरालाई झट्का लाग्ने क्रम रोकिएन । पहिलो ओभरमै तीन विकेट खस्यो । दिलिप नाथ पहिलो ओभरको पाँचौ बल र बास दे लीडे पहिलो ओभरको अन्तिम बलमा आउट भए ।
दोस्रो ओभरमा पोखराले खेल लयमा पर्काउने प्रयास गरेको थियो । कुनै विकेट खसेन । तर तेस्रो आभेर रिजन ढकाल पोखराका लागि घातक बलर सावित भए । उनले तेस्रो ओभरमा तीन विकेट लिए । रिजनले तेस्रो ओभरको पहिलो बलमा दिनेश खरेल, चौथो बलमा किरण थगुन्ना र अन्तिम बलममा माइकल लिस्कलाई एलबीडब्ल्यू आउट गरे ।

.gif)