sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

धरानमा प्रहरीले चलायाे गोली

१९ मंसिर २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । सुनसरीको धरानमा गाँजा कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । सो क्रममा ६४१ केजी गाँजा बरामद गरिएको छ । 

धनकुटाबाट गाँजा लिएर आउँदै गरेको स्कोर्पियो सहित दुई वटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्राइभेट गाडीमा नक्कली सरकारी नम्बर प्लेट राखेर तस्करी गरेको भेटिएको प्रहरीले बताएको छ । 

धनकुटाबाट ल्याएको सो गाँजा भारत लैजाने लागेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । गाँजा ओसारपसारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्का एक जना फरार रहेको प्रहरीको भनाइ छ । प्रहरीले नियन्त्रणमा लिन गोली चलाउनु परेपनि कुनै मानवीय क्षति भने नभएको जनाएको छ । 

 

यो पनि पढ्नुहोस्