sevenstartv.com ४ पुष २०८२, शुक्रवार

लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको लक्ष्य

१९ मंसिर २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको दोस्रो खेलमा लुम्बिनी लाइन्सले विराटनगर किङ्ग्सलाई १९२ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरमा लुम्बिनीले ७ विकेट गुमाउँदै एनपीएलको जारी सिजनको सबैभन्दा उच्च १९१ रन जोडेको हो ।

जारी प्रतियोगितामा लुम्बिनीले बनाएका यो सबैभन्दा उच्च रन हो । यसअघि विराटनगरविरुद्ध नै सुदूरपश्चिम रोयल्सले १८२ रनको उच्चको स्कोरको चुनौती दिएको थियो । कीर्तिपुर मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको लुम्बिनीका कप्तान रोहित पौडेल अर्धशतक पूरा गर्न ४ रनले चुके । विराटनरलाई यो लक्ष्य प्रस्तुत गर्ने क्रममा उनले २९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४६ रन जोडे ।

इङ्ल्यान्डका ब्याटरसमेत रहेका टम मूर्सले लुम्बिनीका लागि १७ बलमा ३० रन जोडे । १ चौका र ३ छक्का प्रहार गरेका उनी रन आउट भएका थिए ।
घरेलु अलराउन्डर विवेक यादवले अविजित १९ रन जोडे । सात बल खेलेका उनले तीन छक्काको मद्दतमा राम्रो स्कोर गरे । तर लुम्बिनीका दुवै ओपनरको ब्याटिङ चलेन । ओपनर आशुतोष घिरियाले १५ र अर्का ओपनर अर्जुन साउदले १७ रन जोडे ।

विराटनगरका सन्दीप लामिछानेले लिगको पहिलो विकेट लिने क्रममा साद बिन जफरलाई मार्टिन गुप्टिलमार्फत क्याच आउट गराए । जफरले १३ बलमा १५ रन जोडे । सन्दीप जोराले १३ बलमा १२ रन जोडे । बलिङतर्फ इस्मत आलम, राजेश पुलामी मगर र सन्दीपले एक–एक विकेट लिए ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्