sevenstartv.com २८ असोज २०८२, मङ्गलवार

पछिल्लो समय डेंगुको संक्रमण बढ्दै, एक सातामा ४१३ जनामा संक्रमण पुष्टि, ७५ जिल्लामा फैलिँदा ४ जनाको मृत्यु

२७ असोज २०८२, सोमवार स्टार संवाददाता


पछिल्लो साता काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ । रोल...
पछिल्लो सातामा ४१३ जनामा डेंगु संक्रमित भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार सन् २०२५ को सुरु अर्थात् गत पुसको मध्यदेखि हालसम्म ५ हजार ८७४ जनामा डेंगु पुष्टि भएको छ । ७५ जिल्लामा डेंगु संक्रमण फैलिँदा ४ जनाको मृत्यु भएको छ । ईडीसीडीको तथ्यांक अनुसार पछिल्लो साता गण्डकीमा सबैभन्दा बढी संक्रमित थपिएका छन् । गण्डकीमा १५१, बागमतीमा १०७, कर्णालीमा ६४, लुम्बिनीमा ३९, सुदूरपश्चिममा ३०, कोशीमा १६ र मधेशमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्