ट्रक दुर्घटना, दुइ जना घाइते

काठमाडौं । धनकुटामा सोमबार बिहान भएको ट्रक दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् । धनकुटा नगरपालिका-९, पाँच गोलाई भन्ने स्थानमा धनकुटाबाट मूलघाटतर्फ आउँदै गरेको प्र.३-०१-००३ क ६९०६ नम्बरको मिनी ट्रक अचानक ब्रेक फेल भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।
दुर्घटनामा ट्रकका चालक उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका-५ बस्ने २६ वर्षीय नारायण खड्का र सहचालक सोही जिल्ला रानीटार बस्ने २० वर्षीय दिनेश कार्की गम्भीर घाइते भएका छन् ।
बिहान करिब २ बजे भएको दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस मूलघाट र प्रहरी चौकी मूलघाटको टोलीले उद्धार गरी घाइतेहरूलाई जिल्ला अस्पताल धनकुटा पठाएको छ ।