sevenstartv.com २८ असोज २०८२, मङ्गलवार

इलामबाट काठमाडौं आउँदै गरेको कारमा आगलागी

२७ असोज २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं ।  उदयपुरगढी गाउँपालिका वडा नम्बर ७, अधेरीमा आज बिहान करिब ९:५० बजे गुडिरहेको कारमा आगलागी हुँदा कार पूर्ण रूपमा जलेर क्षति भएको छ। इलामबाट काठमाडौँतर्फ जाँदै गरेको बा ९ च ८६६८ नम्बरको कारमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।

कारमा सवार चालक, उनकी श्रीमती र एक छोरा भने सकुशल छन्। कार चालक इलामको चुलाचुली गाउँपालिका-५ बस्ने करिब ४२ वर्षीय प्रेम कुमार सेन्चुरी, उनकी श्रीमती करिब २७ वर्षीया अनिता सेन्चुरी र जेठा छोरा करिब १४ वर्षीय आयुष सेन्चुरी सकुशल रहेका छन् ।

यद्यपि, उनीहरूका कान्छा छोरा करिब ७ वर्षीय आरोन सेन्चुरी भने सामान्य घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएको छ । उक्त घटनाको थप अनुसन्धानका लागि अस्थायी प्रहरी पोस्ट सगमचोक उदयपुरबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्