sevenstartv.com २८ असोज २०८२, मङ्गलवार

रौतहटमा पानीमा डुबेर ३ बालिकाको मृत्यु

२७ असोज २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । रौतहटको गौर नगरपालिकामा पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ । गौर-१ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर राजदेवी नगरपालिका-८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको हो ।

सात जनाको समूहमा गौरतर्फ घाँस लिन आउँदै गर्दा उनीहरु बाढीको पानीमा डुबेका थिए । डुबेका मध्ये ४ जनाको स्थानीयले उद्धार गरेका थिए भने तीन जनाको शव निकालिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्ने क्रममा ३ जना बालिकाको शव भेटिएको हो । तीनै जना बालिकाको शव प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्