नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक भोलिलाई सर्यो
महाधिवेशनको विषयलाई लिएर विवाद कायमै, संकलित हस्ताक्षर मंगलबार पेश गरिने

काठमाडाैं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक सारिएको छ । केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्नको लागि सोमबार बस्ने भनिएको बैठक भोलिलाई सारिएको हो ।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक अब मंगलबार बिहान ११ बजे बस्नेछ । आज ३ बजे बस्ने भनिएको बैठक तयारी नपुगेकाले भोलि बिहान ११ बजे बस्ने उहाँले बताउनुभयो । यस्तै केन्द्रीय समिति बैठक पनि भोलि १ बजे नै सुरु हुने बताइएको छ ।
कांग्रेसमा नियमित कि विशेष महाधिवेशन गर्ने भन्ने विषयमा विवाद छ । इतर पक्षले मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । तर, संस्थापन पक्षले अटेर गरेको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हस्ताक्षर समेत सङ्कलन गरेर राखेका छन् । संस्थापन पक्षले भने मंसिरमा नियमित विशेष दुवै महाधिवेशन गर्न नसक्ने अडान राखेको छ ।