कांग्रेसको महाधिवेशन चुनावअघि नै गर्न नेविसंघको माग
संसददेखि स्थानीय तहसम्म युवाको हिस्सा ४० प्रतिशत रहनुपर्ने जिकिर

काठमाडाैं । नेपाली कांग्रेस निकट नेविसंघले पार्टी सभापति शेरबहादुर देउवामाथि कुटपिट गर्नेमाथि कारबाही गर्न माग गरेको छ ।
जेन–जी आन्दोलनपछिको परिस्थितिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दुजाङ शेर्पाले पार्टी सभापति देउवा र पत्नी आरजु राणामाथि सुनियोजित रूपमा हमला गरेको भन्दै कारबाहीको माग गरेका हुन् ।
उनले जेन–जीले उठाएको मागलाई अब संस्थागत रूपमा उठाउने पनि बताउनुभयो । राजनीतिक दलहरूको पुनर्संरचना गरी पार्टी, संसददेखि स्थानीय तहसम्म ४० प्रतिशत युवा सुनिश्चित हुनुपर्ने माग अघि सारेको छ । फागुन २१ गते निर्वाचन तोकिएकाले निर्वाचनअघि नै नियमित महाधिवेशन गर्न पनि माग गरेको छ ।