आफ्नो मुलुकको सुरक्षामा कुनै सम्झौता नगर्ने पाकिस्तानी प्रधानमन्त्री सरिफको दाबी
हरेक कदमको कडा र प्रभावकारी जवाफ दिने चेतावनी

काठमाडाैं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले आफ्नो मुलुकको सुरक्षामा कुनै सम्झौता आफ्नो मुलुकको सुरक्षामा कुनै सम्झौता नगरिने प्रतिक्रिया जनाएका छन् ।
प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा पाकिस्तानको सुरक्षामा कुनै सम्झौता नगरिने उल्लेख गरिएको छ । हरेक उत्तेजनाको कडा र प्रभावकारी जवाफ दिइने भन्दै प्रधानमन्त्री सरिफले चेतावनी दिए ।
उनले आफ्नो भूमि आतंकवादी तत्त्वहरुले प्रयोग गर्न नसक्नेमा आफू सुनिश्चित रहेको जनाएका छन् । पाकिस्तान–अफगानिस्तान सीमामा पाकिस्तानी सुरक्षा बल र तालिबान सेनाबीच शनिबार राति झडप भएको थियो ।
पाकिस्तानका अनुसार झडपमा आफ्ना २३ सैनिक मारिएका थिए । यद्यपि, तालिबानले आफ्नो ‘कारबाही’ मा ५८ पाकिस्तानी सैनिक मारिएको दाबी गरेको छ । तालिबानले झडपहरूमा आफ्ना नौ कर्मचारी मारिएको र २० भन्दा बढी घाइते भएको पनि रिपोर्ट गरेको छ ।।