sevenstartv.com २८ असोज २०८२, मङ्गलवार

बंगलादेशसँग श्रीलंका पराजित

५ असोज २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । एसिया कपको शीर्ष ४ अन्तर्गतको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ४ विकेटले पराजित गरेको छ ।

दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । श्रीलंकाले दिएको १६९ रनको विजयी लक्ष्य पछाएको  बंगलादेशले १९ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो । ​

बंगलादेशका लागि ओपनर ब्याटर सहित सैफ हसनले सर्वाधिक ६१ रनको पारी खेले । उनले ४५ बलमा २ चौका र ४ छक्का प्रहार गरे । कप्तान लिटोन दासले २३, तोहित रिडोयले ५८ रन बनाउँदा सहमिम होसेन १४ रनमा अविजित रहे ।

श्रीलंकाको लागि बलिङतर्फ वनिन्दु हसरंगा र दसुन सानाकाले २-२ विकेट लिए । नुवान थुसारा र दुश्मन्था चमेराले १-१ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको श्रीलंकाका लागि दसुन सानाकाले सर्वाधिक ६४ रनको अविजित पारी खेले उनले ३७ बलमा ३ चौका र ६ छक्का प्रहार गरे । 

ओपनरद्वयस् पाथुम निसाङ्का र कुशल मेन्डिसले क्रमशस् २२ र ३४ रन बनाए । कुशल पेरेराले १६ रन बनाउँदा कप्तान चारिथ आसलाङ्काले २१ रन बनाए ।बङ्गलादेशका लागि बलिङमा मुस्ताफिजुर रहमानले सर्वाधिक ३ विकेटले महेदी हसनले २ विकेट लिँदा तास्किन अहमदले १ विकेट लिए ।

सुपरफोरमा आज समूह ए अन्तर्गतको खेल हुनेछ । आज समूह एमा अपराजित रहँदै सुपरफोर प्रवेश गरेको भारत र समूह उपविजेताको रुपमा सुपरफोर आएको पाकिस्तानबीच खेल हुनेछ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्