विपद् जोखिम व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको गृहमन्त्री आर्यालको दाबी
न्युनीकरणका लागि पूर्व सूचकयन्त्र विस्तार गरिएको भनाई

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
ललितपुरमा सोमबार आयोजित विपद् जोखिम न्युनीकरण चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै गृहमन्त्री आर्यालले नेपाल प्राकृतिक विपद्का दृष्टिकोणले अति संवेदनशील मुलुक भएकाले जोखिम न्युनीकरण तथा व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका हुन् ।
भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी लगायतका विपद्का घटनाले जनधनको क्षतिका साथै विकासको गतिमा समेत अवरोध हुने गरेको उनले बताए । विपद्लाई प्राकृतिक घटना मात्र नभई सामाजिक, संरचनात्मक र नीतिगत कमजोरीसँग पनि जोडेर हेर्नु आवश्यक रहेको गृहमन्त्रीको भनाइ छ ।