सुनसरीमा गोली हानी एक जनाको हत्या

काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका २ मा एक व्यक्तिको गोली हानी हत्या भएको छ । रामधुनी नगरपालिका-२ स्थित कर्मन्या टोलको भित्री सडकमा शनिबार साँझ स्थानीय अन्दाजी ४७ वर्षका दिनेश चौधरीको गोली हानी हत्या भएको हो ।
मृतक चौधरी सफारी चालक रहेको र उनलाई मोटरसाइकलमा सवार युवाहरूको समूहले गोली प्रहार गरेर भागेको स्थानीयले बताएका छन् । गोली लागेर घाइते उनको केही बेरमै घटनास्थलमै मृत्यु भएको हो ।
गोली प्रहार गरी फरार भएका समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।