६२ किलो ५८० ग्राम गाँजासहित तीन जना पक्राउ

काठमाडौं । विराटनगर महानगरपालिका-१५ बाट दुई सय ६२ किलो ५८० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् । उक्त महानगरपालिका–१८ का श्यामकुमार यादव, सुनसरीका २० वर्षीया सन्जु तामाङ र २२ वर्षीय निखिल घिमिरे पक्राउ परेका हुन् ।
प्रहरीले मे।१ च ५८२६ नम्बरको गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको बताइएको छ ।