sevenstartv.com ३ पुष २०८२, बिहिवार

सबै स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत

१३ भदौ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडाैं ।  देशका सबै स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एकैपटक १२२ उपसचिव र ९७ शाखा अधिकृतको सरुवा गरेको हो ।

उनीहरूमध्ये अधिकांशलाई नगर तथा गाउँपालिकाको प्रशासकीय अधिकृत बनाएर पठाएको मन्त्री भगवती न्यौपानेले जानकारी दिइन् । उनका अनुसार कर्मचारी पठाइएपछि नजाँदा २०० पालिका निमित्तका भरमा चलिरहेका थिए । सुशासनको मुख्य औजार कर्मचारी प्रशासनलाई निरन्तर सुधार र परिमार्जन गर्नेतर्फ निरन्तर लागिरहेको मन्त्री न्यौपानेले बताएकी छन् । 

स्थानीय तहको पुनःसंरचनापछि पहिलोपटक स्थानीय तहहरुमा प्रशाशकीय अधिकृत नहुने समस्या हटेकाे हो । मन्त्रालयले दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाइएसँगै यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको आर्थिक वा प्रशासनिक जिम्मेवारी स्वतः रद्द भएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्