sevenstartv.com ३ पुष २०८२, बिहिवार

सचिवमा अध्यक्ष ओलीको प्यानल विजयी

३ पुष २०८२, बिहिवार स्टार संवाददाता

 काठमाडौं । नेकपा एमालेको सचिवमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल विजयी भएको छ ।

९ सचिवमा सबैभन्दा बढी मत महेश बस्नेतले ल्याएका छन् ।  उनले १५४४ मत ल्याएर विजयी भएका हुन् ।  दोस्रो धेरै मत ल्याएर विजयी हुनेमा पद्माकुमारी अर्याल रहेकी छन् । उनले १५३० मत ल्याएकी छन् ।

यसैगरी तेस्रो धेरै मत ल्याउनेमा छविलाल विश्वकर्मा रहेका छन् । उनले १५०६ मत ल्याएका छन् ।

यसैगरी सचिवमा विजयी हुनेमा शेरधन राई (१५०३), हिक्मतकुमार कार्की (१३३७), खगराज अधिकारी (१२३१), यामलाल कंडेल (११८५), राजन भट्टराई (११८१) र भानुभक्त ढकाल (११०८)  रहेका छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्