sevenstartv.com २२ मंसिर २०८२, सोमवार

नेकपाको एकता सन्देशसभा आज पोखरामा हुने

१४ मंसिर २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । विभिन्न बाम घटकहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज गण्डकी प्रैदेशस्तरीय एकता सन्देश सभाको आयोजना गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताले सभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

नेकपाले यस्तै, भोलि सोमबार कोशीको विराटनगरमा, मङ्सिर १८ गते, कर्णालीको सुर्खेतमा, २० गते मधेशको जनकपुरमा र २३ गते बागमतीको हेटौँडामा सभा गर्ने मिति सार्वजनिक गरेको छ ।

मङ्सिर २९ गते देशभरका पालिकामा एकता सन्देश सभाको तयारी नेकपाको छ ।

यसअघि नेकपाले शनिबार लुम्बिनी प्रदेशको दाङ देउखुरीमा र शुक्रबार सुदूरपश्चिमको धनगढीमा एकता सन्देश सभा गरेर प्रदेशस्तरमा पार्टीको सन्देश प्रवाह गरेको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्