sevenstartv.com २२ मंसिर २०८२, सोमवार

नेपाली कम्युनिष्ट पार्टीले आज दाङमा प्रदेशस्तरीय सभा गर्दै

१३ मंसिर २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आज दाङमा प्रदेशस्तरीय एकता सन्देश सभाको आयोजना गरेको छ । शुक्रबार सुदुर पश्चिम प्रदेशको धनगढीमा सभा गरेको यस पार्टीले आज लुम्बिनी प्रदेश स्तरीय सभा दाङमा गर्न लागेको हो ।

आजको सभालाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल,भीम रावल, वर्षमान पुनलगायतका नेताहरूले सम्बोधन गर्ने छन् ।

लमही बजारभित्र बगैँचामा हुने कार्यक्रमको तयारी तीव्र बनाइएको आयोजकले बताएको छ । प्रदेशका विभिन्न जिल्लाबाट नेता(कार्यकर्ता आउने क्रम जारी छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एससहित दर्जन घटक मिलेर बनेको नेकपाले सांगठानिक गतिविधिलाई देशव्यापी रूपमा अभियानमा लगेको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्