sevenstartv.com २२ मंसिर २०८२, सोमवार

नेपाली कम्युनिस्ट पार्टीले धनगढीमा सन्देश सभा गर्दै

१२ मंसिर २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आज धनगढीमा सन्देश सभा गर्ने भएको छ । विभिन्न वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि  प्रदेशमा सन्देश सभा गरिने भएको हो । 

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल,  नेता भीम रावललगायत धनगढीमा आज हुने कार्यक्रममा सहभागी हुने छन् । सातै प्रदेशमा सन्देश सभा गर्न लागेको यो पार्टीले आज सुरुवात सुदूरपश्चिमबाट गर्न लागेको हो ।

लुम्बिनीको देउखुरीमा मङ्सिर १३ गते, गण्डकीको पोखरामा मङ्सिर १४ गते, कोशीको विराटनगरमा मङ्सिर १५ गते सभा हुनेछ। साथै कर्णालीको सुर्खेतमा मङ्सिर १८ गते, मधेसको जनकपुरमा मङ्सिर २० गते र बागमतीको हेटौँडामा मङ्सिर २३ गते सभा हुने पार्टीले जनाएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्