sevenstartv.com २२ मंसिर २०८२, सोमवार

एसिड पीडित मुस्कान खातुन नेकपामा प्रवेश

११ मंसिर २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । बहुचर्चित एसिड काण्डकी पीडित मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गेकी छन् । महिला हिंसाविरुद्धको अभियानमा सक्रिय रहेकी खातुन बिहीबार काठमाडौंमा आयोजित एक समारोहकाबीच नेकपामा प्रवेश गरेकी हुन् । 

उनलाई उक्त पार्टीले केन्द्रीय सदस्य बनाउने घोषणा पनि गरेको छ । आज बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी एकता घोषणा सभा कार्यक्रमलाई सम्बोधन गर्दै सहसंयोजक माधवकुमार नेपालले खातुनलाई केन्द्रीय सदस्य बनाउने घोषणा गरे।  

खातुनमाथि १५ वर्षको उमेरमा तेजाब आक्रमण भएको थियो । त्यसपछि महिला सशक्तिकरणको पक्ष र‍ महिला हिंसाविरुद्ध आवाज उठाउन थालेकी थिइन् । यसै कारण सन् २०२१ को अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार पनि उनले प्राप्त गरिन् ।  

कार्यक्रममा बोल्दै उनले भनिन्, ‘पाँच वर्ष अगाडि ममाथि तेजाब आक्रमण भएको थियो । त्यसविरुद्ध म लगातार अभियानमा लागेँ । सफल पनि भएँ । मलाई के लाग्छ भने तेजाब आक्रमण मात्र हिंसा होइन । यस्ता धेरै हिंसा छन्, जसमा दिदी बहिनीले खेप्नुपरेको छ।’ खातुनले सबै खालका हिंसा गर्न अन्त्य गर्न जरुरी रहेको पनि बताइन् । 

देशमा भएका भ्रष्टाचार, हिंसा अन्त्यका लागि काम गर्न नेपाली कम्युनिस्ट पार्टी रोजेको पनि उनको भनाइ छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्