sevenstartv.com २० मंसिर २०८२, शनिवार

चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा

२ मंसिर २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार काठमाडौंमा सम्पन्न भएको निर्वाचन मार्फत सुब्बा अध्यक्षमा निर्वाचित भएका हुन् । 

अध्यक्षमा उम्मेदवारी दिएका निकटम प्रतिद्वन्दी सुनिल कुमार थापाले १२६ मत ल्याए भने सुब्बाले १५३ मत ल्याएर बिजयी भए । उपाध्यक्षमा रौनकविक्रम कँडेल र ज्योतिराज राई सर्वसम्मत चुनिएका छन् भने महासचिवमा खगेन्द्र लामिछाने निर्वाचित भएका छन् ।

९ जनाको सदस्य पदका लागि ७ जनाले मात्र आवेदन दिएपछि सबैजना सर्वसम्मत भएका छन् । निर्विरोध चुनिने सदस्यहरूमा चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया र राजकुमार पण्डित छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्