sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

बागलुङ महोत्सव : चार लाख दर्शकद्धारा अवलोकन, आठ करोड बराबरको कारोबार

२३ पुष २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि, औद्योगिक व्यापार मेला एवं आठौं बागलुङ महोत्सवमा ८ करोड बराबरको कारोबार भएको छ । संघका महासचिव इन्द्रमणी पौडेल अर्जुन र प्रेस सल्लाहकार सुवास आचार्यले जारी गरेको संयुक्त विज्ञप्तीमा महोत्सवमा करिब ४ लाख दर्शकले अवलोकन गरिएको जनाईएको छ । 

 बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानमा पौष ११ गते बाट सञ्चालन गरिएको महोत्सव १ दिन थप पौष २२ गते सम्म संचालन गरिएको थियो । महोत्सवमा विभिन्न व्यासायिक स्टल साथै, स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर ’मेड इन वागलुङ’ नाम दिएर वागलुङमा उत्पादन हुने वस्तुको विक्रीवितरण तथा प्रदर्शन निकै महत्वपूर्ण रहएको थियो । 

स्थानीय उत्पादनको रूपमा निसीखोलामा भेंडाको उनबाट बनेका काम्ला, अल्लोको कपडा, गुन्द्रक, भाँगो, मकैको पिठो, कोदोको पिठोलगायत वस्तु, सिस्नोको धुलो, भुटेको मकै, टिमुर, आलु, सिल्टिमुर, सुन्तला, किवीलगायतका स्थानीय उत्पादनले राम्रो बजार पाउनुका साथै बजारीकरणमा समेत सहयोग पु¥याएको बताइएको छ । महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न आर्थिक, भौतिक नैतिक रुपमा सहयोग गर्ने सवैलाई संघले धन्यबाद व्यक्त गरेको छ ।  

महोत्सवमा अटो मोबाइल देखी होटल रेष्टुरेण्ट र विभिन्न प्रकारका व्यापारिक स्टलहरु राखिएको थियो ।  स्टलहरुमा पनि उल्लेखनिय व्यापार भएको उद्योग बाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यले जानकारी दिए । महोत्सवमा रमाईलो मेला संचालन गर्नुका साथै गण्डकी प्रदेश स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता, दोहोरीगित प्रतियोगिता, महिलाहरुका लागि लठ्ठो तान्ने प्रतियोगिता, घैटोफोर प्रतियोगिता, भाले छुने लगायन विभिन्न प्रतियोगिता संचालन गरिएको थियो । 

संघले महोत्सवबाट संकलन भएको रकमबाट सामाजिक उत्तरदायित्व बापत मानवसेवा आश्रम बागलुङका लागि ५ ११ हजार १ सय ११ लाख रुपैयाँ र नेपाल पत्रकार महासंघ बागलुङका लागि १ लाख रुपैयाँ सहयोग प्रदान गरेको निवर्तमान अध्यक्ष नरेश कडेलले जानकारी दिए । महोत्सवबाट बचेको रकम व्यावसायीहरूको कल्याणकारी कोष, बागलुङ बजारमा सिसी क्यामेरा जडान तथा मर्मत, स्वास्थ्यका लागि खेलकुद कोष, अक्षयकोष निर्माण, कोशेली घर सञ्चालन आदिमा खर्च गरिने बताईएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्