sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

गायिका आशा भोसलेको निधन

२९ चैत २०८२, आइतवार स्टार संवाददाता

काठमाडाैं  । भारतीय संगीतकी हस्ती गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । गायिका भोसलेको निधनको खबर उनका छोरा आनन्दले आइतबार दिउँसो पुष्टि गरेका छन् । भने उनको अन्त्येष्टि भोलि सोमबार गरिने परिवार स्रोतले जनाएको छ ।

केही महिनादेखि अस्वस्थ भोसलेलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा अस्पताल पुर्याइएकी उनलाई शनिबार राति आईसीयूमा राखेर उपचार गरिएको थियो ।

उनको निधनसँगै भारतीय संगीतले एउटा महत्वपूर्ण युग गुमाएको छ । ७ दशकभन्दा लामो समयको संगीत यात्रामा उनले हजारौँ गीत गाएर भारतीय मात्र नभएर, विश्व संगीतमा समेत गहिरो प्रभाव पार्न सफल व्यक्ती हुन । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्