लसता जोशी र सुबास मण्डलको 'भेट्दिन राती रातीमा' सार्वजनिक (भिडियो)
काठमाडौं । गायिका लसता जोशी र गायक सुबास मण्डल आफ्नो नयाँ युगल गीत 'भेट्दिन राती रातीमा' मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रम बीच बरिष्ठ पत्रकार विजयरत्न तुलाधर ,चलचित्र निर्देशक ,निर्माता एबम लेखक प्रकाश सायमी ,बरिष्ठ संगीतकार न्ह्यु बज्राचार्य , गायिका लसताकी आमा नगिना जोशी लगायतले गीत सार्वजनिक गरेका हुन् ।
लोकप्रिय संगीतकार दीपक शर्माको शब्द ,संगीत र कुशल सिंह नेलको एरेन्ज रहेको गीतलाइ ओएसआर डिजिटलको च्यानल मार्पत सार्वजनिक गरिएको हो । कार्यक्रममा गीतको भिडियोको प्रिमियर गर्नुको साथै अतिथीहरुले गीतको बारेमा आफ्नो मन्तब्य राखेका थिए । गीतको भिडियोमा नेपाल भाषाको चलचित्रकी लोकप्रिय नायिका भिन्तुना जोशी र एसराज गहतराजको अभिनय रहेको छ ।
सुब्रत आचार्यको निर्देशनमा बनेको भिडियोमा रोशन बिश्वकर्माको कोरियोग्राफी ,उत्सव दाहालको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ । स्वर्गीय गायक द्वारीकालाल जोशीकी छोरी गायिका लसता दशकौ देखि नेपाली गीत गायनमा सक्रिय छिन भने बरिष्ठ भजन गायक रमा मण्डलका सुपुत्र सुबास २०७७ सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा प्रथम भई गीत गायनमा प्रवेश गरेका हुन् । आफ्ना धेरै गीतहरु रेकर्ड गरिसकेका उनले अनामनगरमा बिगत ५ बर्ष देखि फाइन ट्युन रेकर्ड स्टुडियो पनि संचालन गर्दै आएका छन् ।

.gif)