sevenstartv.com ५ पुष २०८२, शनिवार

बजेटको आकार सन्तुलित छः अर्थमन्त्री

१ असार २०८२, आइतवार स्टार संवाददाता

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार सन्तुलित रहेको बताउनुभएको छ । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रश्तुत गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले पुँजीगत खर्च चालु आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि गरिएको बताउनु भयो । अन्तरसरकारी वित्त हस्तान्तरणमा आयोगले निर्धारण गरेको वित्त आयोगबाट निर्धारण गरिएको सीमा भन्दा करिव ४ अर्बले वृद्धि गरिएको जानकारी दिनुभयो । आम्दानीको मुख्य श्रोत राजश्वले समग्र खर्चको करिव ६७ प्रतिशत धान्ने गरीकन बजेट प्रश्ताव गरिएको बताउनु भयो । 

अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘बजेटको आकारको सन्दर्भमा सन्तुलित हुने त्यो अठोट प्रश्ततु बजेटमा व्यक्त भएको छ । पुँजीगत खर्च चालु आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि गरिएको छ । अन्तरसरकारी वित्त हस्तान्तरणमा आयोगले निर्धारण गरेको वित्त आयोगबाट निर्धारण गरिएको सीमा भन्दा करिव ४ अर्बले वृद्धि गरिएको छ । आम्दानीको मुख्य श्रोत राजश्वले समग्र खर्चको करिब ६७ प्रतिशत धान्ने गरीकन बजेट प्रश्ताव गरिएको छ ।’

अर्थमन्त्री पौडेलले आम्दानीतर्फ राजश्व अनुमान संशोधित लक्ष्यको तुलनामा १६ प्रतिशतले वृद्धि प्रश्ताव गरिएको बताउनुभयो । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्