'दाङस्थित टरिगाउँ विमानस्थलको विकास नीति कार्यक्रममा मात्रै सीमित नहोस्'
काठमाडौं । नेपाली कांग्रेसका सांसद् दीपक गिरीले दाङस्थित टरिगाउँ विमानस्थल (तुलसीपुर एयरपोर्ट)लाई राजनीतिक दलहरूले चुनाव जित्ने भर्याङको रूपमा मात्र प्रयोग गरिरहेको आरोप लगाएका छन् ।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले सधैँ नीति तथा कार्यक्रममा विमानस्थलको स्तरोन्नति गर्ने भनिए पनि काम अगाडि नबढाएको भन्दै आपत्ति जनाएका हुन् ।उनले अगामी आर्थिक वर्षको बजेटमा विमानस्थलको स्तरोन्नतिको लागि तीन अर्ब ४२ करोड रुपैयाँ विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘अस्ति भर्खरै नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा दाङ एयरपोर्ट बन्नेछ भन्दा हामीले ताली बजाएका छौँ । फेरि त्यो कुरा नाटकीय ढंगले नहराओस् । नेपालगन्ज र सुर्खेत विमानस्थलमा मौसम खराब भयो भने पनि त्यो विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ । त्यसका लागि धेरै ठुलो रकम पनि छैन । तीन अर्ब ४२ करोड विनियोजन हुनुपर्यो । म अर्थमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।’

.gif)