sevenstartv.com २७ मंसिर २०८२, शनिवार

माओवादी केन्द्रले जेठभर लोकमार्ग केन्द्रित अभियान गर्ने

३० वैशाख २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानअन्तर्गत पोखरामा जेठ १० गते जनसभा गर्ने भएको छ ।  जेठ २ गते बैतडीको पाटनमा शुरु हुने अभियान जेठ ८ गते लुम्बिनी प्रदेशको पूर्वी रूकुम हुँदै गण्डकी प्रदेशको बागलुङ प्रवेश गर्ने पार्टीले जनाएको छ ।

जेठ ८/९ गते गरी बागलङका तीन स्थानमा जनसंवाद कार्यक्रम तय गरिएको माओवादी केन्द्र बागलुङले जनाएको छ । पहिलो दिन बुर्तिबाङ र गलकोटमा जनसंवाद कार्यक्रम हुने छ । अभियानका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेता भेटघाट र अन्तरक्रियालगायत कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

शहीद, बेपत्ता र घाइतेजनका परिवारलाई पनि भेट्ने कार्यक्रम तय भएको छ । माओवादी केन्द्रले लोकमार्गका प्रत्येक प्रदेशमा एक-एक जनसभा र प्रत्येक जिल्लामा कम्तीमा एक-एक अन्तरसंवाद गर्नेगरी अभियानको तयारी गरेको हो । अभियान जेठ महिनाभर चल्ने पार्टीले जनाएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्