sevenstartv.com १ पुष २०८२, मङ्गलवार

भद्रकाली मन्दिरमा गरियो चलचित्र 'निशब्द' शुभ मुहुर्त

३० साउन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नायिका तथा निर्देशक सुभेच्छा थापाको निर्देशनमा निर्माण हुन लागेको नेपाली चलचित्र 'निशब्द' को शुभ मुहर्त गरिएको छ । सोमबार काठमाडौंको भद्रकाली मन्दिरमा चलचित्रको चलचित्रको शुभ मुहुर्त गरिएको हो ।

चलचित्रमा तेस्रो लिङ्गी संग सम्बन्धि घटना , विषय बस्तुलाई कथामा समेटेर निर्माण गर्न लागिएको निर्माण टिमले जानकारी दिएको छ । चलचित्रको छायांकन दुई दिन पछि हुने बताएको छ ।

चलचित्रमा शुभेच्छा थापा ,सरोज दाहाल , उमेश खड्का , समीप निरौला , गोमा केसी, रश्मि भट्ट , शुशिला निरौला , कमल बोहोरा, रमेश ढकाल , सबिता खड्का , भगवान  भन्डारी ,कल्पना विसि ,संजय मुडभरी ,माया देवि श्रेष्ठ , सहारा खड्का , हुमा गिरी  , सागर हुमागाई , चन्द्र बहादुर गुरुङ , बन्दना गुरुङ , अनुप श्रेष्ठ , सुरेश पुडासैनी , प्रनिता तामाङ ,मन महर्जन , गंगा गुरुङ , प्रकृति राणा मगर लगायत कलाकारहरुको अभिनय रहेको छ ।

राधारमन  मन्जिल मल्टीप्रपोज ग्रुपको ब्यानरमा निर्माण हुने चलचित्रको निर्माता उमेश खड्का रहेका छन । कार्यकारी निर्देशक सरोज दाहाल रहेका छन् । देव श्रेष्ठको द्वन्द निर्देशन,सौरभ दवाडीको  पटकथा , विनोद बरालको सिनेमाटोग्राफी, शंकर विश्वकर्माको नृत्य निर्देशन रहने चलचित्र झ निशब्द ञ को  व्यवस्थापकमा  नेत्र बहादुर कार्की रहेका छन् । चलचित्र तिहार पछि रिलिज गर्ने निर्माण टिमले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्