sevenstartv.com २० मंसिर २०८२, शनिवार

चिकिरी चिकिरीबाट अर्को चर्चा कमाएकी आस्माको पुष्प खड्कासँग ठुम्का (भिडियो सहित)

१३ मंसिर २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । हुन त नेपाली सांगीतिक भिडियो कलाकारहरुको माझमा आस्मा विश्वकर्माको आफ्नो छुट्टै पहिचान छँदैछ । यद्यपी, पछिल्लो केही समय उनले पहिले जस्तो ब्याक टु ब्याक चर्चित भिडियोहरु दिन नसकिरहेका बेला दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेता रामचरणले चलचित्र पेड्डीमा समावेश ‘चिकिरी चिकिरी’ बोलको गीतमा गरेको नृत्यले उनलाई फेरि नयाँ चर्चामा ल्याएको छ । उनै आस्माले नायक पुष्प खड्कासँग ठुम्का मारेको नेपाली गीतको भिडियो यतिबेला सार्वजनिक भएको छ । 

‘मेरो ठुम्का देखेर’ बोलको उक्त गीतमा माया मोक्तान र कृष्ण श्रेष्ठको शब्द तथा संगीतकारसमेत रहेका आशिक राईको साथमा समिक्षा अधिकारीको स्वर रहेको छ । क्यु थ्री इन्टरटेनमेन्टले प्रस्तुत गरेको यस गीतमा नरेन्द्र वियोगीको एरेञ्जमेन्ट रहेको छ । 

भिडियोमा रोशन विश्वकर्माको कोरियोग्राफी, नरेश ऐरको छायाँकन, कल्पेश विश्वकर्माको सम्पादन र आशिक राईकै निर्देशन रहेको छ । सहयोगी कलाकारका रुपमा कृष्ण श्रेष्ठ, माया मोक्तान र पूर्ण तामाङको समेत भूमिका रहेको छ । डान्सीङ बीटमा रहेको भिडियो मनोरञ्जक बनेको छ । 

यो लिंकमा भिडियो हेर्नुहोस् 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्