सिड्नीको बन्डी बिचमा गोलीकाण्ड : १० जनाको मृत्यु
काठमाडौं । अस्ट्रेलियाको प्रहरीले आइतबार सिड्नीको बन्डी बिचमा भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको र थुप्रै मानिस घाइते भएको जनाएको छ ।
मिडियामा प्रसारित फुटेजमा यहुदी पर्व हनुकाह मनाउन भेला भएका सयौँ मानिसमध्ये केही समुद्र तटमा भुइँमा लडिरहेको देखिएको छ। प्रहरीले गोलीकाण्डपछि दुई जनालाई पक्राउ गरेको जनाएको छ । अस्ट्रेलियन यहुदी कार्यकारी परिषद्का सह प्रमुख कार्यकारी एलेक्स राइभचिनले स्काई न्यूजसँगको एक अन्तर्वार्तामा उक्त गोलीकाण्ड सूर्यास्तमा सुरु भएको यहुदी पर्व हनुकाह मनाउने क्रममा भएको बताए ।
एक्समा प्रसारित भिडियोहरूमा धेरै गोली चलेको आवाज र प्रहरी साइरन सुन्न सकिन्थ्यो, जसका कारण बन्डी बिचमा मानिसहरू भागिरहेको देखिन्थ्यो । यो हमला सिड्नीको लिन्ड्ट क्याफेमा एक बन्दुकधारीले १८ जनालाई बन्धक बनाएको लगभग ११ वर्षपछि भएको हो। १६ घण्टाको गतिरोधपछि दुई बन्धक र बन्दुकधारी मारिएका थिए ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले सिड्नीको बन्डी बिचमा भएको गोलीकाण्डको दृश्यलाई ‘स्तब्ध पार्ने र कष्टप्रद’ भन्दै टिप्पणी गरेका छन्। उनले अस्ट्रेलियन फेडरल प्रहरी आयुक्त र न्यु साउथ वेल्सका प्रिमियरसँग कुराकानी गरेको जानकारी दिएका छन्।

.gif)