अनुया तामाङ ‘द भ्वाइस किड्स’को फाइनलिस्टमा, भोट गरेर जिताउन भुटानी समुदायको आग्रह
काठमाडौं । चर्चित गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ का फाइनलिस्ट ८ जनाहरुमा नेपाली भाषी भुटानी समुदायकी प्रतिनिधित्व गर्दै अमेरिका देखि आएकी अनुया तामाङ पनि पर्न सफल भएकी छन ।
आउँदो शनिबार कार्यक्रमको फिनाले आयोजना हुँदैछ यस्तैमा अनुया फाइनलिस्टमा पुग्ग्न सफल भएको भन्दै खुशी ब्यक्त गर्दै उनका परिवार एब भुटानी समुदायले भोट गरेर अनुयालाइ जिताउन आग्रह गरेका छन् ।
अहिले अमेरिका देखि नेपाल सम्म अनुयालाइ ब्यापक समर्थन मिल्दै गैरहेको छ । अनुया नेपाली भाषी भुटानी समुदायकी गहना भएकाले ‘द भ्वाइस किड्स’ उपाधि जिताउन सहयोग गर्न उनका बाबा ओम तामाङले बिशेष अपिल गरेका छन् ।
शनिबार बेलुका ७ बजेसम्म भोटिङ लाइन खुला रहने छ । फाइनलिस्ट ८ प्रतिभाहरु मध्येबाट एकजनाले टाइटल जित्नेछन् ।

.gif)