sevenstartv.com १ पुष २०८२, मङ्गलवार

ग्लोबल नेपाली फिल्म अवार्डको आठौं संस्करण अमेरिकाको कोलोराडोमा हुँदै

२९ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्डको आठौं संस्करण अमेरिकाको कोलोराडो आगामी २०२५ अगस्ट ९ तारिखका दिन अमेरिकाको कोलोराडोस्थित बोल्डरमा हुने भएको छ । काठमाडौंमा आयोजित विशेष समारोहका बीच ग्लोबल नेपाली फिल्म अवार्डको आठौं संस्करणको मिति घोषणा गरिएको हो । 

नेपाल सरकार बागमती प्रदेशका माननीय मन्त्री मदुकुमार श्रेष्ठ र नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको विशेष उपस्थितिमा गत सेप्टेम्बर १५ मा न्यूयोर्कमा सम्पन्न सातौं संस्ककरणको औपचारिक समापन र आठौं संस्करणको मिति घोषणा गरिएको हो । 

ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको अध्यक्षमा नायक नवराज श्रेष्ठले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै ८औं ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५’ कार्यक्रमको घोषणा गरेका हुन् । 

उक्त कार्यक्रम नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लको सभापतित्वमा भएको थियो । ‘नेपाली फिल्म भिलेज टु ग्लोब’ भन्ने नारासहित आयोजना हुन लागेको ८औं ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५’ फिल्मकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने हेतुले विगतदेखिनै आयोजना हुँदै आएको कार्यक्रमको निरन्तरता भएको नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष मल्लले बताए । 

संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मी तथा कलाकारहरूलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिलाई संसारभर परिचित गराउने उद्देश्य अवार्डको रहेको उनले बताएका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्