sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

सेयर बजारमा नयाँ रेकर्ड, नेप्से २८ सय ६० विन्दुमा

२७ साउन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा कारोबार रकममा नयाँ रेकर्ड बनेको छ ।शेयर बजार परिसूचक नेप्से आज साढे ९४ अङ्कले बढेर २८ सय विन्दुभन्दा माथि पुग्दा झन्डै २६ अर्ब रुपैयाँको कारोबार भएको हो ।

आज ६ करोड तीन लाख २१ हजार कित्ता शेयर २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि–इन्सुरेन्स कम्पनीको एक अर्ब ५२ करोड र शिवम् सिमेन्टको एक अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ ।उच्च कारोबारको रेकर्ड बनेको दिन नेप्से आज ९४ दशमलव ५३ अङ्कले बढेर दुई हजार आठ सय ६० दशमलव ९१ विन्दुमा पुगेको छ ।

नेप्से पछिल्लो साढे दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।आज १४ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार हरियाली भएको दिन आज कुथेली बुखारी जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

यो पनि पढ्नुहोस्