दार्चुलामा जिप दुर्घटना : एक जनाको मृत्यु
काठमाडौं । दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मार्मा गाउँपालिका–३ को भैसे बगरमा सुदूरपश्चिम प्रदेश ०१–००१ च २६०४ नम्बरको जिप अनियन्त्रित भएर दुर्घटना हुँदा २२ वर्षीय केशवराज जोशीको मृत्यु भएको हो ।
जिपमा सवार जोशी दुर्घटना भएपछि सोही जिपले च्यापिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ । उनको उद्धार गरेर उपचारका लागि मार्मा आधारभूत स्वास्थ चौकीमा पुगाइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
चालक मार्मा गाउँपालिका–६ सेरी बस्ने २६ वर्षीय माधव महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अनियन्त्रित भएर जिप सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।

.gif)